Ipo.aspx merolagani - हकप्रद निष्काशन प्रस्ताव पारित गर्न दोर्दी खोला र राप्ती हाइड्रोले डाके साधारण सभा

हकप्रद निष्काशन प्रस्ताव पारित गर्न दोर्दी खोला र राप्ती हाइड्रोले डाके साधारण सभा

Dec 24, 2023 09:00 AM Merolagani

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा डाकेका छन्।

यी दुबै कम्पनीले पुस २९ गते, आइतबार साधारण सभा डाकेका हुन्। दोर्दी खोलाको साधारण सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँमा बिान साढे ८ बजे शुरु हुनेछ भने राप्ती हाइड्रोको सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजे शुरु हुनेछ।

दोर्दी खोला (DORDI) को सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, राप्ती हाइड्रो (RHGCL) को सभाले पनि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ यी दुबै कम्पनीहरुले पुस १५ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।