Ipo.aspx merolagani - सुपर मादी हाइड्रोपावरले नगद लाभांश वितरण गर्ने, साधारण सभा कहिले?

सुपर मादी हाइड्रोपावरले नगद लाभांश वितरण गर्ने, साधारण सभा कहिले?

Dec 24, 2023 10:34 AM Merolagani

सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, शनिबार, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै कर्जाको अनुमोदन तथा अख्तियारी दिने, अन्य आयोजनामा लगानी गर्ने, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना तथा स्वतन्त्रबाट १ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।