Ipo.aspx merolagani - कतिले लिए राष्ट्रिय परिचय पत्र ?

कतिले लिए राष्ट्रिय परिचय पत्र ?

Jan 03, 2024 04:42 PM merolagani

झन्डै आधा नेपालीले राष्ट्रिय परिचयपत्र नम्बर लिएका छन्।

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार बुधवारसम्म एक करोड ३६ लाख ८७ हजार ७२३ ले राष्ट्रिय परिचयपत्र नम्बर लिएका छन्। जुन नेपालको कुल जनसाङ्ख्यको ४६.८८ प्रतिशत हो। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ।

गत वर्ष कात्तिक मसान्तसम्म ९९ लाख ५५ हजारले नम्बर लिएका थिए। गएको एक वर्षको अवधिमा ३७ लाख ३२ हजार थपिएका छन्। जुन ३७ प्रतिशतको वृद्धि हो। ०७८ साउनदेखि राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र नम्बर लिनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो। बायोमेट्रिक विवरण उपलब्ध गराए लगत्तै सरकारले राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने गर्छ । सोही नम्बरका आधारमा राहदानी बनाउन सकिन्छ ।

जुन सङ्ख्यामा परिचयपत्र नम्बर लिने बढेका छन्। त्यही आधारमा परिचयपत्र नै भने वितरण गरिएको छैन। विभागका अनुसार बुधवारसम्म २४ लाख ७४ हजार ५२३ ले मात्रै परिचय पत्र पाएका छन्। जुन परिचयपत्र नम्बर लिनेको १८.०७ प्रतिशत मात्रै हो।

०६६/६७ को सरकारले आफ्नो नीति तथा कार्यक्रम राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी योजना अघि सारेको थियो । ०६७ मै गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना गरिएको थियो।  सुरुवाती दिनमा एडिबीको एक लाख १७ हजार कार्ड छपाईको लागि अनुदान प्राप्त भएपछि योजना सुरु भएको थियो ।  पछिल्लो समय भने सरकार आफैले खर्च गर्दै आएको छ।

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।