Ipo.aspx merolagani - सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 02, 2024 09:55 AM Merolagani

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको शेयर निष्कासन कानुन विपरीत भएको लेखा समितिकाे ठहर, तत्काल सच्याउन प्राधिकरणलाई निर्देशन, अब के होला ?

Dec 29, 2023 03:00 PM

हिमालयन रि इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर कानुन विपरीत रहेको ठहर सार्वजनिक लेखा समितिले गरेको छ। कानुन विपरीत शेयर निष्कासन भएकोले तत्काल त्यसलाई सच्याउन समेत समितिले प्राधिकरणलाई निर्देशन दिएको छ।