Ipo.aspx merolagani - ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 01, 2024 07:06 AM Merolagani

पुस १६ गते, सोमबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाले भोली अर्थात पुस १७ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सुपर मादी हाइड्रोपावर (SMHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, शनिबार, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

 

त्यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको गरिमा विकास बैंक (GBBL) ले पुस २९ गते, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

यता छिमेक लघुवित्त (CBBL) ले पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, लुम्बिनी विकास बैंक (LBBL) ले पुस २६ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र करसहित ४।५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (BHDC) ले पुस २६ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५।२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) ले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते बुधबार साधारण सभा बोलाएको हो। कम्पनीको सो सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।