Ipo.aspx merolagani - हाइड्रोपावरकाे कारोबार बढ्यो, कस्ता हाइड्रोपावर कम्पनी छन् ट्रेन्डिङमा ?

हाइड्रोपावरकाे कारोबार बढ्यो, कस्ता हाइड्रोपावर कम्पनी छन् ट्रेन्डिङमा ?

Jan 13, 2024 06:17 PM MeroLagani

पछिल्लो समय हाइड्रोपावर कम्पनीका शेयरहरुको उच्च कारोबार भइरहेको छ । कुल कारोबारमा हाइड्रोपावर कम्पनीहरुको कारोबार हिस्सा ४० प्रतिशत भन्दा बढी हुने गरेको छ । नेप्सेमा हाइड्रोपावर समूहमा ९१ वटा कम्पनी सुचीकृत छन् । त्यसमध्ये पनि न्यून चुक्ता पुँजी, न्यून नेटवर्थ र न्यून प्रति शेयर आम्दानी भएका कम्पनीहरु नै हाइड्रोपावर समूहको ट्रेन्डिङ शेयरमा आउने गरेका छन् ।

गत बिहीबार नै ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएकोमा हाइड्रोपावर समूहको मात्रै १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार भयो जुन कुल कारोबारमा ४० प्रतिशतभन्दा बढी छ । अत्यन्त न्यून चुक्ता पुँजी, न्यून इपीएस र न्यून नेटवर्थका आधारमा २०–२० वटा कम्पनीको सुची तयार पारेको छं ।

आधारभूत विश्लेषण गरेर शेयर किन्दा पनि फाइदा गर्न नसकेका लगानीकर्ताले पछिल्लो समय सबैभन्दा न्यून चुक्ता पुँजी, नकारात्मक नेटवर्थ भएका र उच्च नकारात्मक इपीएस भएका कम्पनी खोजी खोजी लगानी गर्न थालेका छन् । खराब नेटवर्थ र इपीएस भएका कम्पनी नै ट्रेडिङ शेयरको रुपमा आउने गरेका छन् । यहाँ सबैभन्दा कम चुक्ता पुँजी भएका एवम् खराब नेटवर्थ भएका र खराब प्रति शेयर आम्दानी भएका कम्पनीको सुची राखिएको छ ।

कम चुक्ता पुँजीको कुथली बुखारी हाइड्राे महंगो

कम चुक्ता पुँजीको आधारमा हाइड्रोपावर कम्पनीको सूची बनाउँदा कुथली बुखारी स्मल हाइड्रोपावर लिमिटेड अग्रस्थान आउँछ । १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ मात्रै चुक्ता पुँजी रहेको कुथली बुखारीको शेयर मूल्य गत बिहीबार ८ सय ९९ रुपैयाँमा अन्तिम कारोबार भयो। जुन समग्र हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी हो । आधारभुत रुपमा हेर्दा न्यून चुक्ता पुँजीका कारण न्यून आपूर्ति नै यो कम्पनीको बलियो पक्ष देखिएको छ । प्रति शेयर आम्दानी १६ रुपैयाँ ६० पैसा छ भने नेटवर्थ १ सय ५२ रुपैयाँ ८७ पैसा रहेको छ । कम चुक्ता पुँजीको आधारमा दोस्रो स्थानमा रहेको हाइड्रोपावर हो शुभम पावर । कम्पनीको नेटवर्थ अंकित मूल्य भन्दा कम अर्थात ९० रुपैयाँ ३४ पैसा छ भने कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ८० पैसाले नकारात्मक छ तर कम्पनीको बजार मूल्य भने ६ सय ८० रुपैयाँ छ । २२ करोड चुक्ता पुँजी र ५९ दशमलब ३५ रुपैयाँ नेटवर्थ रहेको अप्पर स्याङगे हाइड्रोपावर ४ सय ७६ रुपैयाँमा कारोबार भइहरेको छ भने ५९.३८ रुपैयाँ नेटवर्थ र ३.२४ रुपैयाँ प्रति शेयर आम्दानी रहेको बाराही हाइड्रोपावर ४७९ रुपैयाँमा कारोबार भइरहेको छ । मेरो लगानीले न्यून चुक्ता पुँजी रहेको २० कम्पनीको सूची निकाल्दा १२ करोड १८ लाख रुपैयाँदेखि ४९ करोड ३३ लाख रुपैयाँसम्म पुगेको छ । न्यून चुक्ता पुँजी भएका २० हाइड्रोपावर कम्पनीमध्ये २६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनी जसको नकारात्मक प्रति शेयर आम्दानी र १ रुपैयाँ ८३ पैसा नेटवर्थ छ, १ सय ८९ रुपैयाँमा कारोबार भइरहेका छन । आधारभूत रुपमा हेर्दा धेरै राम्रो नेटवर्थ भएका वाणिज्य बैंकहरु पनि अहिले यो मूल्य भन्दा तल कारोबार भइरहेको छ ।

२ रुपैयाँ नेटवर्थ नभएको दिब्यश्वरी १८९ रुपैयाँ

अंकित मूल्य भन्दा मुनि नेटवर्थ भएका कम्पनी उच्च मूल्यमा कारोबार भइरहेको छ । १ रुपैयाँ ८३ पैसा नेटवर्थ रहेको दिब्यश्वरी हाइड्रोपावर १८९.४ रुपैयाँमा कारोबार भएको छ । ७० रुपैयाँ २९ पैसा नेटवर्थ भएको तेरहथुम पावर ५ सय ४९ रुपैयाँमा कारोबार भएको छ । हाइड्रोपावरमा सबैभन्दा न्यून मूल्य १ सय ४३ रुपैयाँमा कारोबार भएको हिमाल दोलखा हाइड्रोपावरको नेटवर्थ ६५ रुपैयाँ २६ पैसा रहेको छ । २० कम्पनीमध्ये सबैभन्दा उच्च नेटवर्थ ७९ रुपैयाँ २२ पैसा नेटवर्थ भएको मोलुङ हाइड्रोपावर ५ सय ४ रुपैयाँ ९० पैसामा कारोबार भयो । अधिकांश न्यून नेटवर्थ भएका कम्पनीहरु २ सय रुपैयाँ भन्दा माथि नै कारोबार भइरहेको छ । अपवादस्वरुप हिमाल हाइड्रो, लिबर्टी इनर्जी र अप्पर तामाकोशीको शेयर भने २ सय भन्दा मुनि कारोबार भइरहेको छ ।

३५ रुपैयाँ नकारात्मक इपीएस भएको कम्पनी २ सय ४० रुपैयाँमा कारोबार

प्रति शेयर आम्दानी (इपीएस)को आधारमा हेर्दा अधिकांश नकारात्मक प्रति शेयर आम्दानी भएका हाइड्रोपावर कम्पनीको शेयर मूल्य २ सय भन्दा माथि देखिएको छ । घलेम्दी र अरुण काबेलीलाई छोडेर उच्च नकारात्मक प्रति शेयर आम्दानी भएका २० कम्पनीमध्ये सबै कम्पनीको शेयर २ सय माथि कारोबार भइरहेको छ  । साथै, २५ रुपैयाँ नकारात्मक प्रति शेयर आम्दानी भएको अप्पर स्याङ्गे ४ सय ७६ रुपैयाँमा कारोबार भइरहेको छ भने प्रति शेयर आम्दानी २० रुपैयाँले नकारात्मक माया खोला हाइड्रोपावर २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।