Ipo.aspx merolagani - भारत हुँदै रूस जाँदै गरेकाे विमान अफगानिस्तानमा दुर्घटना

भारत हुँदै रूस जाँदै गरेकाे विमान अफगानिस्तानमा दुर्घटना

Jan 21, 2024 02:35 PM Merolagani

अफगानिस्तानको बदाक्षन क्षेत्रमा विमान दुर्घटना भएको छ । आइतबार पाकिस्तान र अफगानिस्तानका संचारमाध्यमले उक्त विमान भारतीय विमान भएको जानकारी दिएका थिए । यद्धपी भारतकाे नागरिक उड्डयन मन्त्रालयले उक्त विमान भारतकाे नभएकाे दाबी गरेकाे छ ।

दुर्घटना भएकाे विमान मोरक्कोमा दर्ता भएको एयर एम्बुलेन्स थियाे। प्राविधिक गडबडीका कारण बाटो बिर्सदा दुर्घटना भएको हो । मन्त्रालयका अनुसार उक्त विमान थाइल्याण्डबाट मस्काे गइरहेकाे थियाे । बिहारस्थित गया विमानस्थलमा तेल भरेकाे थियाे ।

यसअघि, पाकिस्तानी संचारमाध्यम सामले बदाक्षन प्रान्तको प्रहरी कमाण्डलाई उद्धृत गर्दै उक्त विमान हिजो राति राडारबाट हराएको जानकारी दिएको थियो । त्यसपछि जेबक जिल्लाको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

उक्त एयर एम्बुलेन्समा ६ जना यात्रु सवार थिए ।

छानबिन गर्न टोली पठाइयाे

आइतबार दिउँसाे १ बजे अफगान संचारमाध्यमलाई उद्धत गर्दै यो विमान भारतको भएकाे र मस्को जाँदै गरेकाे बताइएकाे थियाे । त्यसकाे आधा घण्टापछि फेरि यो भारतीय यात्रुवाहक विमान नभएको जानकारी दिइएकाे थियाे । तालिबान सत्तामा आएदेखि अफगानिस्तानमा कुनै पनि भारतीय विमान हवाई क्षेत्रबाट उडान गरिरहेको छैन।

यसैबीच, टोलो न्यूजले बदक्षान सूचना विभागका प्रवक्ता जबिहुल्लाह अमिरीलाई उद्धृत गर्दै घटनाको अनुसन्धान गर्न टोली पठाइएको बताएको छ।

एजेन्सी ।

comments powered by Disqus

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।