Ipo.aspx merolagani - नबिल बैंकले कमायो ३ अर्बभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति?

नबिल बैंकले कमायो ३ अर्बभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति?

Jan 21, 2024 07:15 AM Merolagani

नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा सीमित भएको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडको बढेर १ अर्ब ९७ करोड पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ६२ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

यसकारण अपर तामाकोशी ‘उर्लियो’

Jan 16, 2024 12:42 PM

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर निरन्तर उकालो लागेको छ । तीन दिनअघि प्रतिकित्ता १९० रुपैयाँसम्ममा कारोबार हुँदै आएको अपर तामाकोशीको शेयर मूल्य आज (मंगलबार) २२८ रुपैयाँसम्म पुगेर कारोबार भएको छ ।