Ipo.aspx merolagani - रिलायन्स स्पिनिङ मिल्सको कट अफ प्राइस नै ९१२ रुपैयाँ हुने

रिलायन्स स्पिनिङ मिल्सको कट अफ प्राइस नै ९१२ रुपैयाँ हुने

Jan 29, 2024 01:25 PM merolagani

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रिया मार्फत माघ १० गतेदेखि निष्कासन खुला गरेको शेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ हुने भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्जमा खोलिएको बोलकबोल पत्रहरूका अनुसार उक्त मूल्य हुने भएको हो।

कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको छ। जसमा ९ सय १२ रुपैयाँमा नै आवेदन दिने प्रारम्भिक नतिजामा देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो।

 

comments powered by Disqus

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

Jan 26, 2024 11:31 AM

ऋण तिर्नलाई समेत हकप्रद शेयर निष्काशन गर्न दिएपछि अधिकांश हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । चालु आवमा ५ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ भने हकप्रद निष्काशन गर्न सेबोन पुगेका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी नै छन् ।