Ipo.aspx merolagani - रिलायन्समा सबैभन्दा बढी कित्ता कसले माग गर्‍यो ?

रिलायन्समा सबैभन्दा बढी कित्ता कसले माग गर्‍यो ?

Jan 29, 2024 02:52 PM merolagani

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रिया मार्फत निष्कासित शेयरमा सबैभन्दा बढी कित्ताको लागि प्रभु क्यापिटलले आवेदन दिएको छ।

क्यापिटलले एक लाख ५४ हजार एक सय २८ कित्ताको लागि आवेदन दिएको छ। यो नै सबैभन्दा बढी कित्ताको लागि आवेदन परेको हो। कम्पनीको निष्कासनमा निष्कासित शेयरको २० प्रतिशत शेयरको लागि मात्रै आवेदन दिन पाइन्छ। क्यापिटलले पाउने जति सबै कित्ताको लागि आवेदन दिएको छ।

दोस्रोमा बढी कित्ताको लागि आवेदन दिनेमा नेशनल फण्ड म्यानेजमेन्ट छ। यसले एक लाख ५४ हजार कित्ताको लागि आवेदन दियो। त्यसैगरि तेस्राेमा कुमारी धनबृद्दि योजना छ। उसले एक लाख १५ हजार कित्ताको लागि आवेदन दिएको छ। चौथोमा प्रभु स्मार्ट फण्डले एक लाख ९ हजार कित्ताको लागि आवेदन दिएको छ।

सबैले ९१२ रुपैयाँका दरले आवेदन दिएका हुन्। अधिकतम मूल्यमै बढी शेयरको माग आएपछि सोही मूल्यमा कट अफ प्राइस आउने निश्चित जस्तै भएको छ।   

कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो

comments powered by Disqus

धमाधम हकप्रद शेयर निष्कासन गर्दै हाइड्रोपावर कम्पनी,५ कम्पनीले पाए अनुमति, ७ कम्पनी 'पाइपलाइन' मा

Jan 26, 2024 11:31 AM

ऋण तिर्नलाई समेत हकप्रद शेयर निष्काशन गर्न दिएपछि अधिकांश हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घोषणा गर्न थालेका छन् । चालु आवमा ५ वटा हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ भने हकप्रद निष्काशन गर्न सेबोन पुगेका ९ कम्पनीमध्ये ७ वटा हाइड्रोपावर कम्पनी नै छन् ।