Ipo.aspx merolagani - एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Feb 08, 2024 09:45 AM Merolagani

माघ २५ गते बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स (NLG) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको ५.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७८१ रुपैयाँ ९९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले फागुन ३ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

प्रतिकित्ता १०० रुपैयाँ पुग्न हम्मे परेको शेयर दैनिक सर्किटमा कारोबार हुँदै १,५०० पुग्याे

Feb 15, 2024 12:19 PM

कुनै समयमा प्रति कित्ता एक सय रुपैयाँ पुग्न हम्मे हम्मे परेको समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आज झन्डै १५ सय रुपैयाँमा पुगेको छ ।