Ipo.aspx merolagani - तीन कम्पनीको शेयरमूल्य समायोजन

तीन कम्पनीको शेयरमूल्य समायोजन

Jan 04, 2024 06:55 AM Merolagani

पुस १९ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले लक्ष्मी सनराइजको ७ प्रतिशत, मुक्तिनाथको ९.७५ प्रतिशत र शिवम्को १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लक्ष्मी सनराइजको मूल्य १८१ रुपैयाँ ६५९ पैसा कायम भएको छ भने मुक्तिनाथको ३७१ रुपैयाँ ७५ पैसा र शिवम्को ५१७ रुपैयाँ २९ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा लक्ष्मी सनराइजको शेयर १९४ रुपैयाँ ३० पैसा, मुक्तिनाथको ४०८ रुपैयाँ र शिवम्को ५९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लक्ष्मी सनराइज बैंक (LSL) ले पुस २६ गते बिहीबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौामा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो २ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, मुक्तिनाथ विकास बैंक (MNBBL) ले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। सो प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १ बजे शुरु हुनेछ।

शिवम् सिमेन्ट्स (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।