Ipo.aspx merolagani - अपर तामाकोशीको हकप्रद शेयर सूचीकृत

अपर तामाकोशीको हकप्रद शेयर सूचीकृत

Mar 10, 2024 04:38 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) )UPPER)मा अपर तामाकोशीको हकप्रद शेयर सूचीकृत भएको छ । आईतबार कम्पनीको शत प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । उक्त हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्रही खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

कम्पनीको हकप्रद शेयर भदौ १८ गतेदेखि असोज २२ गतेसम्म बिक्री खुल्ला गरिएको थियो । कम्पनीको हकप्रद शेयरमा आवेदन नपरेपछि पुस १३ गतेदेखि २९ गतेसम्म शेयर लिलामी बिक्रीमा ल्याएको थियो ।

comments powered by Disqus

अर्थमन्त्रालयमा पुन, गृहमा रवि र रक्षामा विष्णु पौडेल कन्फर्म !

Mar 05, 2024 11:31 AM

सरकार विस्तारमा सबैभन्दा पेचिलो मानिएका अर्थमन्त्रालय र गृहमन्त्रालय कस्ले लिने भन्ने बारेको असमन्जस्यता हटेको छ । प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालबीच अर्थमन्त्रालय माओवादीले लिने र गृहमन्त्रालय रास्वपाले लिने आन्तरिक सहमती भएको ओली निकट एक नेताले मेरो लगानीलाई जानकारी दिए । यद्धपी यो सहमती औपचारिकरुपमा भने अझै गरिएको छैन ।