Ipo.aspx merolagani - केन्द्रीय बैंकले नयाँ गभर्नर पाउने भएपछि ४९ अंकले बढ्याे बजार

केन्द्रीय बैंकले नयाँ गभर्नर पाउने भएपछि ४९ अंकले बढ्याे बजार

May 20, 2025 03:09 PM Merolagani

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ४९.०९ अंक बढेर २६७७.४५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। सोमबार ७ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ७३ हजार ५४ पटकको कारोबारमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँबराबरको १ करोड ६८ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सन कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। हालै एफपीओ निष्काशन भएर सुचीकृत भएकाे विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ३७ करोडको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको साढे ३१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक २ दशमलब ९५ प्रतिशतले बढेको छ भने वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 
comments powered by Disqus

गभर्नर पौडेलसंग नझुक्ने ‘मुड’मा निलम, डेपुटी गभर्नरसँगको ‘३६’को आंकडा कसरी मेल खाला ?

May 21, 2025 04:37 PM

गभर्नर हुने आफ्नो महत्वकांक्षामा ठेस लागेपछि  नेपाल राष्ट्र वैंककी डेपुटी गभर्नर डा. निलम तिमिल्सिनाले नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसंग ‘भिड्ने’ स्पष्ट संकेत दिएकी छन् ।