Ipo.aspx merolagani - दुई दिनको निरन्तर वृद्धिपछि सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

दुई दिनको निरन्तर वृद्धिपछि सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

May 21, 2025 03:22 PM Merolagani

बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्से यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ७.९४ अंक घटेर २६६९.५१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक र फ्लोट इण्डेक्स ०.३३ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक बढेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ८८ हजार १२१ पटकको कारोबारमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँबराबरको २ करोड ३० लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८४ रुपैयाँ ६० पैसा बढेर ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको श्वेत गंगा हाइड्राेपावर एणड कन्स्ट्रक्सन शेयरमूल्य यस दिन सर्वाधिक ८.३२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड ३ लाख ६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जी नेपालको ५९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको करिब ५८ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन जलविद्युत उपसमूहकाे परिसूचक सर्वाधिक १ प्रतिशत घटेकाे छ।

comments powered by Disqus

गभर्नर पौडेलसंग नझुक्ने ‘मुड’मा निलम, डेपुटी गभर्नरसँगको ‘३६’को आंकडा कसरी मेल खाला ?

May 21, 2025 04:37 PM

गभर्नर हुने आफ्नो महत्वकांक्षामा ठेस लागेपछि  नेपाल राष्ट्र वैंककी डेपुटी गभर्नर डा. निलम तिमिल्सिनाले नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसंग ‘भिड्ने’ स्पष्ट संकेत दिएकी छन् ।