Ipo.aspx merolagani - विश्वको पूँजी बजारमा नयाँ ‘क्रान्ति’ शुरु हुँदै, अब २४ घण्टा नै शेयर कारोबार गर्न सकिने

विश्वको पूँजी बजारमा नयाँ ‘क्रान्ति’ शुरु हुँदै, अब २४ घण्टा नै शेयर कारोबार गर्न सकिने

Jul 22, 2026 06:02 PM Mero lagani

सबैलाई थाहा भएकै कुरा हो, विश्वभरका शेयर बजार स्थानीय समय अनुसार बिहान खुल्ने र साँझपख बन्द हुन्छन् । अर्थात  निश्चित समय मात्र सञ्चालन हुन्छन् ।

तर अब यो परम्परा परिवर्तन हुने भएको छ । विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय शेयर बजार भनिने बेलायतको लन्डन स्टक एक्सचेन्ज (LSE)ले सन् २०२७ देखि २४ घण्टा कारोबार सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त घोषणालाई विश्वकै पूँजी बजारमा नयाँ ‘क्रान्ति’ शुरु भएको घटनाको रुपमा लिइएको छ ।

प्रारम्भिक चरणमा एक्सचेन्ज–ट्रेडेड प्रोडक्ट्स (ETPs) बाट सुरु हुने यो प्रणाली सफल भए भविष्यमा साधारण शेयर कारोबारसम्म विस्तार गरिने लन्डन स्टक एक्सचेन्ज (LSE) का अधिकारीहरुले बताएका छन् । उसकाे यो घोषणाले विश्वका अन्य देशका पूँजी बजारलाई समेत छिट्टै प्रभावित गर्ने र उनीहरुले पनि चौविसै घण्टा नै वा अहिले भइरहेका कारोबारका समयलाई बढाउन वाध्य हुने विश्लेषकहरुले बताएका छन् ।

लन्डन स्टक एक्सचेन्ज (LSE) का अधिकारीहरुले अन्तराष्ट्रिय लगानीकर्ताहरुको मनोबल बढाउने उद्देश्यले चौविसै घण्टा शेयर कारोबार संचालन गर्ने निर्णय गरिएको बताइएको छ । किनकी विश्व अर्थतन्त्र पहिलेभन्दा धेरै अन्तरसम्बन्धित भइसकेको छ । न्यूयोर्कमा रात हुँदा टोकियोमा बिहान हुन्छ, लन्डन बन्द हुँदा सिङ्गापुरमा कारोबार सुरु हुन्छ । यस्तो अवस्थामा एउटै देशको सीमित कार्यालय समयमा मात्र शेयर कारोबार हुँदा धेरै अन्तर्राष्ट्रिय लगानीकर्ताले तत्काल प्रतिक्रिया दिन पाउँदैनन् । तर, २४ घण्टा नै शेयर कारोबार हुने भएपछि विश्वभरका लगानीकर्ताहरुले आफ्नो अनुकूल समयमा कारोबार गर्न पाउनेछन् ।

 

स्मरण रहोस् लन्डन स्टक एक्सचेन्ज (London Stock Exchange - LSE) को औपचारिक स्थापना ३० डिसेम्बर १८०१ मा भएको हो । यो विश्वको सबैभन्दा पुरानो स्टक एक्सचेन्जहरु मध्ये एक मानिन्छ । सन् १९८६ मा भएको वित्तीय क्षेत्रको खुलापन ('Big Bang') पछि लन्डन स्टक एक्सचेन्जमा इलेक्ट्रोनिक कारोबार प्रणाली लागू भयो र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि ढोका खुल्यो। हाल उक्त एक्सचेन्जमार्फत विश्वभरका २ करोडभन्दा बढी मानिसले कुनै न कुनै रूपमा शेयर, फण्ड वा लगानीसम्बन्धी प्रोडक्टहरूमा लगानी गर्छन् । उक्त एक्सचेन्जमा विश्वभरका करिब २००० कम्पनीहरुको शेयर कारोबार हुने गरेको छ ।

LSE भित्र दुई प्रमुख बजार (Market Segment) छन्:

मेन मार्केट (Main Market): स्थापित, ठूला र बहुराष्ट्रिय कम्पनीहरू सूचीकृत हुने बजार (जस्तै: Shell, HSBC, Unilever)।

एआईएम (AIM - Alternative Investment Market): साना, द्रुत गतिमा बढ्दै गरेका र नवप्रवर्तनकारी कम्पनीहरूका लागि बनाइएको बजार।


बेलायतमा LSE बाहेक साना कम्पनीहरूका लागि Aquis Stock Exchange (AQSE) र युरोपेली क्षेत्रको कारोबारका लागि Cboe Europe जस्ता वैकल्पिक ट्रेडिङ प्लेटफर्महरू पनि सक्रिय छन्। तर मुख्य कारोवार स्थल भने लण्डन स्टक एक्सचेन्ज नै हो । लन्डन स्टक एक्सचेन्जमा सूचीकृत सम्पूर्ण कम्पनीहरूको कुल बजार पूँजीकरण करिब ५.९ ट्रिलियन अमेरिकी डलर (लगभग ६० खर्ब डलर) भन्दा बढी छ। त्यसमाथि पनि यो एक्सचेन्जको मुख्य विशेषता के हो भने यहाँ बेलायती शेयर बजारको सबैभन्दा रोचक पक्ष भनेको यहाँ स्वदेशीभन्दा विदेशी लगानीकर्ताको बाहुल्यता हुनु हो। सूचीकृत २००० कम्पनीहरूमध्ये ५७५ अर्थात ११४० कम्पनीहरु विदेशी अर्थात बेलायतभन्दा बाहिरका कम्पनी छन् भने लगानीकर्ताहरुमा पनि गैरबेलायतीहरुकै बाहुल्यता रहेको छ ।

comments powered by Disqus

सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।