Ipo.aspx merolagani - वाणिज्य बैंकहरुको सुल्झिएन समस्या, निक्षेप घट्दा समेत कर्जा विस्तार रोकिएन

वाणिज्य बैंकहरुको सुल्झिएन समस्या, निक्षेप घट्दा समेत कर्जा विस्तार रोकिएन

Mar 07, 2019 Merolagani

गत वर्षदेखि नै वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा विस्तारमा देखिएको असन्तुलन अझै उस्तै देखिएको छ। बैंकहरुको निक्षेप घट्दा समेत कर्जा विस्तार आक्रमक देखिएको छ।

चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुमा निक्षेप घटेको छ। फागुनको पहिलो सातासम्म वाणिज्य बैंकहरुमा कूल २६ खर्ब ७९ अर्ब निक्षेप रहेकोमा तेस्रो सातासम्म आईपुग्दा तीन अर्बले घटेर २६ खर्ब ७७ अर्बमा झरेको छ ।

जबकी यो समयमा बैंकहरुको ७ अर्बले कर्जा विस्तार गरेका छन्। फागुनको पहिलो सातासम्म २३ खर्ब ९१ अर्ब कर्जा विस्तार गरेका बैंकले तेस्रो सातासम्म २३ खर्ब ९८ अर्ब कर्जा परिचालन गरेका छन् ।

पछिल्लो तीन सातामा बैंकहरुको निक्षेप तीन अर्बले घटेको छ भने कर्जा सात अर्बले बढेको छ। फागुनको तेस्रो सातामा मात्र वाणिज्य बैंकहरुले पाँच अर्ब निक्षेप बढाउँदा पाँच अर्ब नै कर्जा परिचालन गरेका छन्।

गत माघ महिनामा वाणिज्य बैंकहरुले ४५ अर्ब कर्जा परिचालन गरेका छन्। जबकी माघमा वाणिज्य बैंकहरुमा २१ अर्ब मात्र निक्षेप थपिएको थियो। फागुनको तेस्रो सातासम्म वाणिज्य बैंकहरुले कूल २६ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २३ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

चालु आर्थिक वर्ष सुरु भएयता (साउनदेखि फागुनको तेस्रो साता सम्ममा) बैंकहरुले दुई खर्ब ७ अर्ब निक्षेप संकलन गर्दा दुई खर्ब ८७ अर्ब कर्जा विस्तार गरेका छन्। बैंकहरुले यसअवधिमा निक्षेप संकलन भन्दा ८० अर्ब बढी रकम कर्जा परिचालन गरेका छन्।

निक्षेप संकलनमा भन्दा ऋण विस्तारमा आक्रमक देखिएका बैंकहरु लगानीयोग्य रकमको समस्यामा रहेका छन्। धरैजसको बैंकहरुको कर्जा(पूँजी(निक्षेप अनुपात (सिसिडी रेसियो) नै ८० प्रतिशत नजिक रहेको छ।

सरकारले बैंकिङ्ग प्रणालीमा तरलता अभाव हुन नदिन विभिन्न उपकरणहरु मार्फत सुधारका कदम चालेपनि यस क्षेत्रको समस्या समाधान हुन सकेको छैन। सरकारले अपेक्षित रुपमा विकास खर्च गर्न नसक्दा बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुँदै आएको छ।

comments powered by Disqus

मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।