Ipo.aspx merolagani - निक्षेप घट्दा समेत कर्जा विस्तारमा संयमित देखिएनन् बैंकहरु

निक्षेप घट्दा समेत कर्जा विस्तारमा संयमित देखिएनन् बैंकहरु

Apr 18, 2019 Merolagani

लगानी योग्य रकमको अभाव झेलिरहेका बैंकहरु निक्षेप घट्दा समेत कर्जा विस्तारमा संयमित नबनेको देखिएको छ । गत चैतको अन्तिम साता मात्र बैंकवाट चार अर्ब निक्षेप घटेको अवस्थामा ७ अर्ब कर्जा प्रबाह गरेका छन् ।

लगानी योग्य रकमको अभाव भन्दै कर्जा विस्तारमा संयमित बन्दै आएका बैंकहरुले पछिल्लो साता एकाएक ऋण प्रबाह वढाएका छन । चैत महिनाको अन्तिम साता बैंकहरुबाट ४ अर्व निक्षेप घटेको छ । चैतको तेस्रो साता बैंकहरुको २१ अर्ब निक्षेप थपिएको थियो ।

अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ८० को हाराहारीमा छ । बैंकहरुले पुरानो सम्झौता गरेका कर्जा बाहेक नयाँ कर्जा प्रबाहमा रोक लगाएको अवस्था छ ।

चालु आर्थिक वर्षको सुरुवातीमा बैंकहरुले आक्रामक रुपमा कर्जा प्रबाह गरेपछि दोस्रो त्रैमासपछि स्रोतको अभाव हुन थाल्यो । निक्षेपको अभाव भएपछि बैंकहरुले नयाँ निक्षेप नभएसम्म कर्जा प्रबाह गर्न नसक्ने अवस्था रह्यो ।

गत आर्थिक वर्षको अन्तिम महिनामा अर्थात असारमा मात्र १ खर्ब १ अर्ब निक्षेप थपिएको थियो । तर, सो अवधिमा बैंकहरुले ४८ अर्ब मात्र कर्जा प्रबाह गरेका थिए । सरकारी खर्च भएको कारण सो अवधिमा बैंकमा निक्षेप वढेको थियो । गत असारमा सरकारी खर्चले मात्र नभै बैंकहरुले कृत्रिम निक्षेप पनि सृजना गरेको हुनाले निक्षेप वढेको हो ।

चालु आर्थिक वर्षमा सरकारी खर्च अपेक्षा अनुसार नभएपनि दोस्रो त्रैमासदेखि बैंकहरुलाइ निक्षेपको अभाव वढ्न थाल्यो । बैंकहरुको अनुरोध अनुरुपमा सरकारले खर्च नगरेपनि स्थानीय सरकारलाइ विनियोजन गरेको रकम बैंक खातामा पठाउने निर्णय भएपनि त्यसले दिर्घककालीन समाधान ल्याएन ।

 

अहिले सरकारी ढुकुटीमा १३० अर्ब जम्मा भएर बसेको छ । सरकारी ढुकुटीमा पैसा थन्कीएर बसेको हुनाले अहिले बैंकहरुसंग कर्जा लगानी गर्न योग्य रकमको रुपमा करिब ३० अर्ब रुपैयाँ मात्र रहेको बैंकर बताउछन ।

उच्च दरमा वढेको ब्याजदर नियन्त्रणका लागि बैंकहरुले भद्र सहमती गरेर निश्चित सिमा तोकेका छन । तर, बैंकहरुले निक्षेप तान्नका लागि अन्य माध्यवाट निक्षेपकर्तालाइ प्रतिफल दिने गरी निक्षेप योजनाहरु सञ्चालन गर्न थालेका छन । 

 चैतको २९ गतेसम्ममा बैंकहरुमा कुल २७ खर्ब ३ अर्ब निक्षेप रहेको छ भने सो अवधिमा बैंकहरुले २४ खर्ब २० अर्ब कर्जा प्रबाह गरेका छन् ।

comments powered by Disqus

मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।