Ipo.aspx merolagani - कर्जा विस्तारमा झनै आक्रमक बैंकहरुको निक्षेपमा भएन सुधार, सिसिडिमा चाप

कर्जा विस्तारमा झनै आक्रमक बैंकहरुको निक्षेपमा भएन सुधार, सिसिडिमा चाप

Apr 25, 2019 Merolagani

अधिकांश बाणिज्य बैंकहरुको पूँजी, कर्जा तथा निक्षेप (सिसिडि) अनुपात ८० प्रतिशतको हाराहारीमा भएपनि कर्जा प्रबाह गर्ने क्रम भने उच्च दरले बढेको छ । वैशाखको पहिलो साता बैंकहरुमा दुई अर्बले निक्षेप घट्दा कर्जा १९ अर्बले बढेको छ।



बैंकहरुले चैतको अन्तिम सातामा ७ अर्ब कर्जा प्रवाह गरेको थिए। जबकी सो साता बैंकहरुमा चार अर्ब निक्षेप घटेको थियो । बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत बढेको छ।

चैतको अन्तिम सातासम्म बैंकहरुमा २७ खर्ब ३ अर्ब निक्षेप थियो। बैशाखको पहिलो साता अर्थात ६ गतेसम्म आउँदा बैंकहरुको निक्षेप थप १ अर्बले घटेर २७ खर्ब २ अर्बमा झरेको छ।

यस्तै चैतको अन्तिम सातासम्म २४ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका बैंकहरुको वैशाख पहिलो सातासम्म कर्जा १९ अर्बले बढेर २४ खर्ब ३९ अर्ब पुगेको छ।

comments powered by Disqus

मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।