Ipo.aspx merolagani - यस कारण घट्यो हिमालयन डिष्टिलरीको नाफा

यस कारण घट्यो हिमालयन डिष्टिलरीको नाफा

Feb 12, 2023 05:51 AM Merolagani

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.४१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

देशमा देखा परेको आर्थिक मन्दीको कारणले मदिरा व्यवसायमा नै प्रभाव परिरहेको छ। यस प्रभावले कम्पनीबाट उत्पादन भएका मदिराहरुको बिक्री वितरणमा समेत नकारात्मक असर पर्न गएको वित्तीय विवरणमा उल्लेख छ। विभिन्न ब्राण्डका मदिराहरु बजारमा बिक्री वितरणका लागि आउँदा उच्च प्रतिस्पर्धाको जोखिम कम्पनी समक्ष रहेको छ। कम्पनीको गत वर्षकोभन्दा यस वर्षको कर्मचारी खर्च केही घट्न भएको भएतापनि प्रशासनिक खर्चको साथसाथै बिक्री वितरण तथा वित्तीय खर्चहरु बढ्न गएको हुँदा खुद नाफा घट्न पुगेको कम्पनीले विवरणमा स्पष्ट पारेको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री वितरण आम्दानी १८ प्रतिशत घटेको छ भने कुल नाफा २२.३६ प्रतिशत घटेको छ। कम्पनीको अन्य सञ्चालन खर्च समीक्षा अवधिमा ४७३.७६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३४.३७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६० रुपैयाँ ९५ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २४ रुपैयाँ २२ पैसा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११२.४१ गुणा रहेको छ।

२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।