Ipo.aspx merolagani - मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा र ईपीएस दुबै धनात्मक

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा र ईपीएस दुबै धनात्मक

Feb 09, 2024 06:58 AM Merolagani

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ऋणात्मक रहेको कम्पनीको खुद नाफा र ईपीएस दुबै चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १९ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८ करोड ९२ लाख रुपैयाँ थियो।

सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा धनात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ लाख रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २२५.१५ प्रतिशत बढेको छ भने कुल आम्दानी २१६.७१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च २९.०९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४१ पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७५.८३ गुणा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ६ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।