Ipo.aspx merolagani - युनिलिभर नेपालको बिक्री आम्दानी घट्यो, खुद नाफा कति?

युनिलिभर नेपालको बिक्री आम्दानी घट्यो, खुद नाफा कति?

Feb 09, 2024 06:20 AM Merolagani

युनिलिभर नेपाल लिमिटेड (UNL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २ अर्ब २० करोड रुपैयाँ थियो।

बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २३.८० प्रतिशत घटेर ४२ करोड १० लाख रुपैयाँ सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १४.५० प्रतिशत घटेको छ भने कुल खर्च १०.६९ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २८५ रुपैयाँ ५६ पैसा घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ हजार १९९ रुपैयाँ ७८ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ९१४ रुपैयाँ २२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार २१४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.७५ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।