गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
विद्युत बिक्री आम्दानी बढेपनि खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८८.९० प्रतिशत बढेर २६ करोड २७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८८.०७ प्रतिशत बढेको छ भने अन्य आम्दानी ८७(७८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च २३०.४३ प्रतिशत बढेको छ। जसका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८५ पैसा घटेर ३ रुपैयाँ १३ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८१.५२ गुणा रहेको छ।
१ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ।