Ipo.aspx merolagani - विद्युत बिक्री आम्दानीसँगै घट्यो अपि पावरको खुद नाफा

विद्युत बिक्री आम्दानीसँगै घट्यो अपि पावरको खुद नाफा

Aug 17, 2023 09:02 AM Merolagani

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३.५९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यद्यपि, कम्पनीको लगानीमा उचित मूल्य लाभ पछिको आम्दानी भने १६ करोड २८ लाख रुपैयाँ रहेको छ।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३.८७ प्रतिशत घटेर ४४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले विद्युत बिक्री मार्फत ५१ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १६.५३ प्रतिशत घटेको छ भने अन्य आम्दानी २२.५६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च ९.८८ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ६० पैसा घटेर १६ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ९३ पैसा रहेको छ।

४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा १६ करोड २२ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।