कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत २ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २ करोड ६७ लाख रुपैयाँ कमाएको थियो।
गत असार २ गतेदेखि बाढीका कारण तल्लो पिलुवा खोला जलविद्युत आयोजना सञ्चालन नभएका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घट्न पुगेको हो।
विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको नाफा भन सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ७.९६ प्रतिशत बढेर २१ लाख ५६ हजार रुपैयाँ पुगेको छ। चालु कर घटेका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफा बढ्न पुगेको हो।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३५ पैसा घटेर १ रुपैयाँ ८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६६२.४६ गुणा रहेको छ।
२० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य रिटेन्ड अर्निङ्ग १ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।