Tue, Dec 19, 2023
मंसिर २४ गते, आइतबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले मंसिर ४ गतेदेखि १८ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये १४ म्युचुअल फण्डहरुलाई १५ लाख कित्ता बाँडफाँट गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता बाँडफाँट गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयरमा कुल ३२ हजार ६४ आवेदनमार्फत ४३ लाख ३९ हजार १७० कित्ता शेयर माग भएको थियो। सोमध्ये ८ आवेदन रद्द भएका छन् भने ३२ हजार ५६ आवेदन स्वीकृत भएको छ। स्वीकृत सबै आवेदकहरुले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने अधिकतममा १८० कित्तासम्म कम्पनीको शेयर प्राप्त गरेका छन्।
कम्पनीले मंसिर ४ गतेदेखि १८ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो।
जसमध्ये १४ म्युचुअल फण्डहरुलाई १५ लाख कित्ता बाँडफाँट गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता बाँडफाँट गरिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयरमा कुल ३२ हजार ६४ आवेदनमार्फत ४३ लाख ३९ हजार १७० कित्ता शेयर माग भएको थियो। सोमध्ये ८ आवेदन रद्द भएका छन् भने ३२ हजार ५६ आवेदन स्वीकृत भएको छ। स्वीकृत सबै आवेदकहरुले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने अधिकतममा १८० कित्तासम्म कम्पनीको शेयर प्राप्त गरेका छन्।
चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।