Ipo.aspx merolagani - हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले कम्तिमा १० कित्ता पाउने, २० कित्ता पाउने चान्स ५० प्रतिशत मात्र

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले कम्तिमा १० कित्ता पाउने, २० कित्ता पाउने चान्स ५० प्रतिशत मात्र

Dec 18, 2023 05:42 PM Merolagani

हिमालयन रिइन्स्योरेन्स लिमिटेड(HRIL)को आईपीओ भर्ने सबैले पाउने भएका छन् । कम्पनीको आईपीओका लागि अन्तिम दिनसम्ममा साढे १६ लाख बढी आवेदकले आवेदन दिएका छन् । सोमबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ।

कम्पनीमा सोमबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ संकलन गरेको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । यसरी, कम्पनीले आइपीओ भर्ने २४ लाख ९० हजार आवेदकलाई शेयर वितरण गर्नेछ ।

कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियाे । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँट गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको थियाे ।

कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेर पुस २ गते पुर्याएको हो। 

comments powered by Disqus

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।