Ipo.aspx merolagani - १२ बैंकले घोषणा गरे लाभांश, उच्चतम प्रतिफल ३०.५० प्रतिशतदेखि ‘यसपालीलाई यस्तै भयो’ सम्म

१२ बैंकले घोषणा गरे लाभांश, उच्चतम प्रतिफल ३०.५० प्रतिशतदेखि ‘यसपालीलाई यस्तै भयो’ सम्म

Dec 14, 2023 12:18 PM Merolagani

आजसम्म १२ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी लाभांश ३०.५० प्रतिशत दिनेदेखि ‘यसपालीलाई यस्तै भयो’ अर्को साल लाभांश दिउला भन्नेसम्म बैंक छन् ।

गत वर्षको नाफाबाट यसपाली सबैभन्दा बढी लाभांश वितरण गर्ने बैंकमा एनआइसी एशिया छ । । उक्त बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

तर, एनएमबी बैंकको भने ‘यसपालीलाई यस्तै भयो’ अर्को साल लाभांश दिउला भन्ने अवस्थामा पुग्यो । एनएमबी बैंकले यसपाली लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

सबैभन्दा बढी लाभांश दिने र लाभांश दिँदै नदिने बाहेक अन्य १० बैंकले भने शेयरधनीलाई धेरै वा थोरै भएपनि लाभांश वितरण गर्न पुगेका छन् ।

आजसम्म सञ्चालनमा रहेका २० मध्ये १२ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाहेक ७ बैंक लाभांश घोषणा गर्न बाँकी छन् । लाभांश घोषणा गर्न बाँकी ७ बैंकले पनि लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।

विगतका वर्षहरुमा नगद र बोनस ‘दुवै’ दिने चलन यसपाली कम भएको छ । सायद कम लाभांश वितरण गर्ने क्षमता भएकाले नगद र बोनस शेयर दिन उपयुक्त नभएकाले पनि कि नगद कि त बोनस मात्रै दिएको हुनुपर्छ । यसपाली वाणिज्य बैंकहरुले कि नगद कि त बोनस मात्रै दिएका छन् । नगद र बोनस दुवै दिने वाणिज्य बैंकहरु कम देखिएका छन् ।

चारवटा वाणिज्य बैंकले मात्र नगद र बोनस दुवै दिएका छन् । एभरेष्ट बैंक, एसबिआई, ग्लोबल आइएमई र सानिमा बैंकले मात्र नगद र बोनस दुवै लाभांश दिएका छन् ।

एभरेष्टले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ ।

यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको छ ।

एसबिआई बैंकले चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये ३.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ ।

यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

यी चार बैंक बाहेक बाँकी ७ बैंकले कि नगद कि त बोनस मात्रै दिएका छन् । नबिल, सिटिजन्स, स्ट्यान्डर्ड चार्टड र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै वितरण गरेका छ ।

नबिल बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

यसैगरी, सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिएको छ ।

बोनस मात्रै लाभांश वितरण गर्नेमा एनआईसी एशिया, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंक मात्रै रहेका छन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ । माछापुच्छ्रे बैंकको बोनस शेयर समेत नेप्सेमा सूचीकरण भएको छ । एनआइसी एशियाले २९ प्रतिशत बोनस शेयर दिएको छ ।

यसैगरी, लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस वितरण गर्ने र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ।

comments powered by Disqus

नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

Dec 10, 2023 02:33 PM

नेप्से १११.२० अंकले बढ्दा पनि यी दुई ‘अभागी’ कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।