Ipo.aspx merolagani - हिमालयन रिइन्स्योरेन्सको आईपीओ सबै बिक्याे, साढे १४ लाख बढीकाे आवेदन

हिमालयन रिइन्स्योरेन्सको आईपीओ सबै बिक्याे, साढे १४ लाख बढीकाे आवेदन

Dec 17, 2023 05:28 PM Merolagani

हिमालयन रिइन्स्योरेन्स लिमिटेड(HRIL)को आइपीओमा चाैथाे कार्य दिनसम्ममा साढे १४ लाख बढी आवेदकले आवेदन दिएका छन् । आइतबारसम्म कम्पनीकाे आईपीओमा माग भन्दा बढी आवेदन परेका हुन्।

कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ संकलन भएको छ । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँट गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको हो ।

कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेकोमा सबै कित्ता नबिकेपछि आवेदन दिने समय थप गरेको हाे। कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ।