Ipo.aspx merolagani - जीवन विकास लघुवित्तको लाभांश घोषणा

जीवन विकास लघुवित्तको लाभांश घोषणा

Dec 18, 2023 09:51 AM Merolagani

जीवन विकास लघुवित्त (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।