Ipo.aspx merolagani - यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

यी ४ कम्पनीले गरे शेयरधनीलाई लाभांश नदिने घोषणा

Dec 14, 2023 02:37 PM Merolagani

चार कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन्। चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।

सिटी होटल, प्रोग्रेसिभ फाइनान्स, उन्नति सहकार्य लघुवित्त र  फरवार्ड माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेका हुन्। यी कम्पनीले लाभांश प्रस्ताव विना नै साधारणसभा बोलाउने निर्णय गरेका छन्।

गत आर्थिक वर्षमा आर्थिक मन्दिका कारण सूचीकृत कम्पनीहरुको नाफा प्रभावित भएको र नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश बाँड्न सकेका छैनन्। गत वर्षको कमाइबाट लाभांश वितरण नगर्ने घोषणा गर्ने कम्पनीकाे सँख्या झण्डै दर्जन पुगिसकेका छन्।

नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

Dec 10, 2023 02:33 PM

नेप्से १११.२० अंकले बढ्दा पनि यी दुई ‘अभागी’ कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।