Ipo.aspx merolagani - प्रतिरोध परीक्षण गरी फर्कियो स्ट्याण्डर्ड चार्टर्ड बैंक, हेरौँ कम्पनी विश्लेषण

प्रतिरोध परीक्षण गरी फर्कियो स्ट्याण्डर्ड चार्टर्ड बैंक, हेरौँ कम्पनी विश्लेषण

Dec 16, 2023 06:14 PM Merolagani

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक ४.९७ प्रतिशत बढेको छ। गत साता ११४०.४२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५६.६८ अंक बढेर ११९७.१० विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक स्टक हो, स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ।

यस साता बैंकको शेयरमूल्य १७ रुपैयाँ १० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ५१० रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साताको बिहीबार ५२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध परीक्षण गरी फर्कियो

यस साता बैंकको शेयरमूल्य प्रतिरोध परीक्षण गरी फर्किएको छ। यस साता बैंकको शेयरमूल्यले ५३७ देखि ५५० को प्रतिरोध क्षेत्र परीक्षण गरेको हो। आगामी दिनमा कम्पनीको शेयरमूल्य घटेमा ४९५ देखि ५०५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा यस साता बैंकको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले लामो टुप्पी र पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बैंकको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता बैंकको शेयरमूल्य बढेसँगै भोल्यूम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा ३४ हजार ८६५ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम १९ हजार ९७७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ७४.५२ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा बैंकको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुई बीचको दूरी बढीरहेको छ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ६३ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८१ करोड १३ लाख रुपैयाँ बढी हो।

बैंकको सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४१ करोडबाट घटेर १ अर्ब ३८ करोडमा सीमित भएको छ। यद्यपि, बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १ अर्ब १६ करोड रुपैयाँबाट बढेर १ अर्ब १८ करोड पुगेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ५० करोड २६ लाख रुपैयाँ सञ्चित छ।

असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ११ पैसा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ ९९ पैसा रहेको छ। साताको अन्तिम मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १५.०४ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.३८ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको ९ करोड ४२ लाख ९४ हजार ५४० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ५३८ रुपैयाँ ८३ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ५८२ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३९२ रुपैयाँ रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ४९ अर्ब ७८ करोड ७५ लाख १७ हजार १२० रुपैयाँ रहेको छ।

ब्रोकर नम्बर ३४ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३४ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको ६४ हजार २८ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर १६ ले सो साता बैंकको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। ब्रोकरले बैंकको २९ हजार १७१ कित्ता शेयर बिक्री गरेको छ।

शेयरमूल्य बढ्ने अझ बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले न्यट्रल जोनबाट ग्रिड जोनतर्फ अघि बढीरहेको छ। यसले लगानीकर्ताहरु बैंकको शेयरमूल्य अझ बढ्न सक्छ भन्ने अपेक्षामा शेयर खरिद गरिरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।