Ipo.aspx merolagani - नबिल बैंक लिमिटेडको कम्पनी विश्लेषण

नबिल बैंक लिमिटेडको कम्पनी विश्लेषण

Dec 23, 2023 06:23 PM Merolagani

यस साता १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक २.५५ प्रतिशत बढेको छ। गत साता ११९७.१० विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३०.५६ अंक बढेर १२२७.६६ विन्दुमा पुगेको छ।

यसै उपसमूहको बैंकहरुमध्ये एक बैंक हो, नबिल बैंक लिमिटेड (NABIL) ।

यस बैंकको शेयरमूल्य यस साता २० पैसा मात्र बढेको छ। गत साताको अन्तिम कारोबार दिन ५२२ रुपैयाँ ८० पैसामा बन्द भएको यस बैंकको शेयरमूल्य यस साता ५२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

‘पर्ख र हेर’ को अवस्थामा

यस साता बैंकको शेयर ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्य ओरालो लागेमा ४८० देखि ५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा ५६० देखि ५८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा यस साता बैंकको शेयरमूल्यले छोटो टुप्पी भएको सानो हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बैंकको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। त्यैगरी, साताको अन्तिम कारोबार दिन पनि बैंकको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता बैंकको भोल्यूम बलियो रहेको छ। यस साता दैनिक औषतमा बैंकको १ लाख १४ हजार ९१७ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ६३ हजार ७१० कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ८०.३७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता बैंकको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि रहेको छ। यसले बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखा दुबै शून्य रेखाभन्दा तल रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

स्टकास्टिक आरएसआई अनुसार बैंक अहिले न्यूट्रल जोनमा रहेको छ। यसले हाल बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको २७ करोड ५ लाख ६९ हजार ९७० कित्ता शेयर सूचीकृत छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण १ खर्ब ४१ अर्ब ५० करोड ८० लाख ९४ हजार ३१० रुपैयाँ रहेको छ। बैंकको १८० दिने औषत मूल्य ५७७ रुपैयाँ ३ पैसा रहेको छ। त्यसैगरी, बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ८६५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४९३ रुपैयाँ रहेको छ।
बैंकले पुस १२ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गतेसम्म बुकक्लोज गरिसकेको छ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २०.२१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३.७० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ११ करोड पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १३ रुपैयाँ ३४ पैसा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ४.५४ प्रतिशत बढेको छ भने कर्जा ६.२७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ७२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ २७ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात २४.०८ गुणा रहेको छ भने प्राइस टु बुक भ्यालु रेशियो २.४ गुणा रहेको छ।

ब्रोकर नम्बर ४९ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ४९ ले बैंकको सबैभन्दा बढी ५७ हजार ७३५ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ५८ र ४२ ले ३१ हजारभन्दा बढी शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ५८ ले सबैभन्दा बढी ९२ हजार ३४८कित्ता शेयर बिक्री गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ४९ ले ७६ हजार कित्ता शेयर बिक्री गरेको छ भने ब्रोकर नम्बर १७ ले ६२ हजारभन्दा बढी शेयर खरिदबिक्री भएको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले फियर जोनमा रहेको छ। यसले बैंकको शेयरमूल्य अझै घट्न सक्छ भनेर लगानीकर्ताहरु खरिद गर्न डराइरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।