Ipo.aspx merolagani - पूँजीगत लाभकरले पनि बजारलाई रोक्न सकेन, बलियो भोल्यूमसहित बढ्यो नेप्से

पूँजीगत लाभकरले पनि बजारलाई रोक्न सकेन, बलियो भोल्यूमसहित बढ्यो नेप्से

Dec 17, 2023 03:18 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि निरन्तरजसो बढिरहेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।

यस दिनको बजारलाई बैंक तथा वित्तीय संस्थाहरुमाथि थपिएको करको डरले प्रभावित गर्ने अनुमान गरिएको थियो। बैंक तथा वित्तीय संस्थाहरुले मर्जर तथा एफपीओ जारी गरी प्राप्त गरेको पूँजीगत लाभकर बुझाउन निर्देशन दिइएको थियो। सोही कारण यस दिन बजार घट्ने हो कि भन्ने अनुमान गरिएको थियो।

यस दिन बजारको सुरुवातमा सोही कारण सेलिङ्ग प्रेसर देखिएको थियो। तर, खरिदकर्ताहरु हाबी हुन थालेपछि बजारले पुनः सकारात्मक दिशातर्फ अघि बढेको हो। यस दिन बजारले करको डरले खासै प्रभावित नगरेको जानकारहरु बताउँछन्।

आइतबार नेप्से परिसूचक २७.७५ अंक बढेर २०२२.३५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २९५ स्टकको १ लाख १ हजार १२८ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिनको कारोबार रकम साढे ५ महिना यताकै उच्च हो। यस अघि गत असार १७ गते नेप्सेमा ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

यस दिन १ दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य १४ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ७५ वटा स्टकको मूल्य घटेको छ। जसमध्ये हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स र रिलायबल नेपाल लाइफको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।