Ipo.aspx merolagani - ७ कारोबार दिनको निरन्तर वृद्धिपछि नेप्सेमा करेक्सन

७ कारोबार दिनको निरन्तर वृद्धिपछि नेप्सेमा करेक्सन

Dec 21, 2023 03:11 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो।

अघिल्ला ६ कारोबार दिनमा नेप्से परिसूचक १९२.६७ अंक बढेकाे छ। सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा करेक्सन देखिएको हो।

बिहीबार नेप्से परिसूचक ३२.७७ अंक घटेर २१०९.१० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ अंक घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको १ लाख ११ हजार ९८० पटकको कारोबारमा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से घटेपनि १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यसैगरी, यस दिन अन्य दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने ३ स्टकको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घट्ने स्टकहरुको सूचीको शीर्ष स्थानमा सूर्या ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन करिब साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.५६ प्रतिशत बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२३ प्रतिशत घटेको छ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।