Ipo.aspx merolagani - नेप्सेमा करेक्सन जारी, एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

नेप्सेमा करेक्सन जारी, एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Dec 24, 2023 03:12 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि सुरु भएको करेक्सनले यस दिन पनि निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २१.०३ अंक घटेर २०८८.०७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको १ लाख २८ हजार ३५६ पटकको कारोबारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन अन्य दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने दुई स्टकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्ट र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हाथवे इन्भेष्टमेन्टको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.८९ प्रतिशत घटेको छ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।