Ipo.aspx merolagani - केपी ओलीलाई एक जनाले हाने मुक्का

केपी ओलीलाई एक जनाले हाने मुक्का

Dec 14, 2023 05:08 PM Merolagani

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक जनाले मुक्का हानेका छन् । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका ओलीमाथि धनकुटाकाे महालक्ष्मी नगरपालिका-५,लेगुवामा मुक्का प्रहार भएकाे हाे ।

भोजपुरबाट धनकुटा प्रवेश गर्नासाथ ओलीलाई लेगुवाका महेश राईले मुक्का हानेका हुन् । स्थानीयबासी ओलीको स्वागतका लागि लाइनमा बसिरहेका  थिए । साेहि क्रममा बीचतिर रहेका राईले अघि बढेर ओली नजिकै पुगेर मुक्का प्रहार गरेका थिए ।

राईलाई हाल सुरक्षाकर्मीले नियन्त्रणमा लिएकाे छ। हालसम्म उनले मुक्का हान्नुकाे कारण भने खुलिसकेकाे छैन । तर उनले मादक पदार्थ सेवन गरेकाे बताइएकाे छ ।

comments powered by Disqus

नेप्से १११.२० अंकले बढ्दा पनि घट्ने यी दुई ‘अभागी’ कम्पनी

Dec 10, 2023 02:33 PM

नेप्से १११.२० अंकले बढ्दा पनि यी दुई ‘अभागी’ कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । नेप्से उच्च अंकले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य घटेको हो ।