Ipo.aspx merolagani - लघुवित्त कम्पनीहरुमा देखियो आकर्षण, कारोबार रकम ११ महिना यताकै उच्च

लघुवित्त कम्पनीहरुमा देखियो आकर्षण, कारोबार रकम ११ महिना यताकै उच्च

Dec 18, 2023 03:16 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि उकालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिनको बजारमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य यस दिन उच्च दरमा बढेको छ भने १३ उपसमूहमध्ये सबैभन्दा बढी बढ्ने उपसमूह पनि लघुवित्त नै रहेको छ।

यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये ५ लघुवित्त कम्पनी रहेका छन्। यस दिन बोटलर्स नेपाल, सूर्या ज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, विपिडब्लु लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन जाल्पा लघुवित्त, मेरो माइक्रोफाइनान्स, किसान लघुवित्त र गुडविल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

सोमबार नेप्से परिसूचक ३८.१४ अंक घटेर २०६०.४९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक बढेको छ।

यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन ३०५ स्टकको १ लाख १३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड १४ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम पछिल्लो ११ महिना यताकै उच्च हो। यस अघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।