Ipo.aspx merolagani - गत साता करिब २ प्रतिशत घटेर बन्द भएको नेप्से, यस साता के होला?

गत साता करिब २ प्रतिशत घटेर बन्द भएको नेप्से, यस साता के होला?

Dec 31, 2023 06:56 AM Merolagani

गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २१०१.१० विन्दुमा बन्द भएको नेप्से, यस साता १.९१ प्रतिशत अर्थात ४०.२० अंक घटेर २०६८.९० विन्दुमा झरेको छ।

गत साता ३ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। सो तीनै कारोबार दिन नेप्से घटेको थियो। अघिल्लो साता ११४ अंकभन्दा बढी बढेको बजारमा गत साता करेक्सन भएको हो। अल्पकालिन लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा गत साता नेप्सेमा करेक्सन देखिएको हो। 

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्र नजिक बन्द भएको छ। यस साता नेप्सेको टेवा क्षेत्र २०२० देखि २०६० सम्म रहेको छ। त्यसैगरी, नेप्सेको प्रतिरोध क्षेत्र यस साता २२४० देखि २२८० सम्म रहेको छ।

बिक्रीकर्ता बलियो

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। त्यसैगरी, गत साताको तीनै कारोबार दिन नेप्सेले बियरिश मैनबत्ती नै बनाएको थियो। यसले सो साता बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्से घटेपनि भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ६६ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५१.६२ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै शून्य रेखाभन्दा माथि रहेको छ। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, गत साता एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी घटेको छ भने हिस्टोग्रामको उचाई पनि घट्दै गएको छ।

खरिदचाप बढी

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरबट जोनमा रहेको छ। यसले गत साता नेप्सेमा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।