Ipo.aspx merolagani - गत साता साढे ७ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

गत साता साढे ७ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Dec 17, 2023 05:57 AM Merolagani

गत साता नेप्से परिसूचक साढे ७ प्रतिशतभन्दा बढी बढेर बन्द भएको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन १८५२.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता ७.६६ प्रतिशत अर्थात १४१.८३ अंक बढेर १९९४.६० विन्दुमा पुगेको थियो।

अघिल्लो साताको शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सकारात्मक भएका कारण गत साता बजार बढ्न पुगेको हो।

सो साताको पहिलो कारोबार दिन नेप्से ६ प्रतिशत बढेर सर्किट ब्रेक लागेर नियमित समय अवधिभन्दा अगावै बन्द भएको थियो। सो साता ५ कारोबार दिनमध्ये एक कारोबार दिन मात्र बजार घटेर बन्द भएको थियो भने ४ कारोबार दिन बजार बढेर बन्द भएको थियो।

‘पर्ख र हेर’ को अवस्था

गत साताको पहिलो कारोबार दिन नै नेप्सेले अघिल्लो साताको प्रतिरोध क्षेत्र तोडेको थियो। जस अनुसार सो क्षेत्र अबका लागि टेवा क्षेत्र बनेको छ। यस साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १९१५ देखि १९४० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

रिभर्सलको संकेत

साताको अन्तिम कारोबार दिन नेप्सेले ह्यागिङ्ग म्यान मैनबत्ती बनाएको छ। यसलाई एक बियरिश रिभर्सल संकेतको रुपमा लिइन्छ। साप्ताहिक रुपमा भने नेप्सेले बलियो बुलिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ताहरु बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ३४ करोडको शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ८२ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ८३.५१ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, यी दुबै रेखा र नेप्सेको हिस्टोग्राम सबै सकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा माथि रहेको छ।

खरिदचाप बढ्दै

स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरबट जोनतर्फ अघि बढिरहेको देखिन्छ। यसले गत साता बजारमा खरिदचाप बढ्न थालेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।