गत साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबार दिन उकालो लागेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।
टेवा क्षेत्रमा
साताको अन्तिम कारोबार दिन नेप्से घटेर टेवा क्षेत्रमा झरेको छ। यस साताको लागि नेप्सेको टेवा क्षेत्र २०९० देखि २१२० सम्म रहेको छ। नेप्सेले यस साता सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २२४० देखि २२८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता बलियो
साप्ताहिक रुपमा नेप्सेले गत साता हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम
नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता बजारमा दैनिक औषतमा ६ अर्ब २६ करोडको शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १०३.२४ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति
गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै शून्य रेखाभन्दा माथि रहेको छ। यसले बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप बढी
साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरबट जोनमा रहेको छ। यसले हाल बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)