Ipo.aspx merolagani - बुक बिल्डिङको अर्को आईपीओ स्वीकृत, क्युआइआइले रिलाइन्सको शेयरमा प्रति कित्ता कति मूल्य हाल्नु पर्छ ?

बुक बिल्डिङको अर्को आईपीओ स्वीकृत, क्युआइआइले रिलाइन्सको शेयरमा प्रति कित्ता कति मूल्य हाल्नु पर्छ ?

Jan 05, 2024 03:58 PM merolagani

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रिया मार्फत अर्को कम्पनीलाई निष्कासन अनुमति दिएको छ। बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई निष्कासन अनुमति दिएको हो।

पहिलो चरणमा योग्य संस्थागत लगीकर्तालाई शेयर निष्कासनको अनुमति दिइएको छ। ४० प्रतिशत हुन आउने शेयर निष्कासनको लागि अनुमति दिइएको हो। अहिलेलाई कम्पनीको प्रति कित्ता मूल्य न्यूनतम ६०८ रुपैयाँ र अधिकतम १२ सय रुपैयाँसम्मको रेन्ज बोर्डले तोकिदिएको छ। सोही मूल्य भित्र रहेर क्युआइआइले बिड गर्नु पर्ने छ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताको लागि सात लाख ७० हजार ६४० कित्ता शेयर निष्कासन गर्ने छ। कम्पनीले कुल १९ लाख २६ हजार ६ सय कित्ता शेयर निष्कासन गर्ने छ। जसमा योग्य संस्थागत लगानीकर्तालाई छुट्ट्याएको शेयर घटाएर आउने सबै शेयर सर्वसाधारणले पाउने छन्। सर्वसाधारणले पाउने शेयरबाटै उद्योग प्रभावित क्षेत्र,कम्पनीका कर्मचारी,वैदेशिक श्रमिक,म्युचुअल फण्डलाई वितरण गरिने छ।

सर्वसाधारणले प्रति कित्ता कतिमा किन्नु पर्ने हो त्यो भने योग्य संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँड गरेपछि मात्रै थाहा हुने छ। क्युआइआइलाई तय भएको कट अफ मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई मूल्य तोकिने छ। 

 

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।