Ipo.aspx merolagani - सबैलाई शेयर परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

सबैलाई शेयर परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

Jan 07, 2024 01:31 PM Merolagani

आवेदन गर्ने सबैलाई परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि एचआरएल (HRL) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

सोमबार यही रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।

कम्पनीले कर्मचारी, बैदेशिक रोजगारीमा रहेका नेपाली र म्युचुअल फण्डलाई समेत गरी सर्बसाधारणमा ३ करोड कित्ता शेयर निश्काशन गरेको थियो। सर्वसाधारणमा र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा जारी गरेको शेयर भने भोलिदेखि नै कारोबारमा आउने छ।

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।