Ipo.aspx merolagani - तीन कम्पनीको लाभांश र एकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

तीन कम्पनीको लाभांश र एकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 04, 2024 07:15 AM Merolagani

पुस १९ गते, बिहीबार, तीन कम्पनीको लाभांश र एकको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोली (पुस २० गते) बुकक्लोज गर्दैछ भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्काशन प्रयोजनार्थ पुस २२ गते आइतबार बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेका कारोबार भए कायम शेयरधनीहरुले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न र सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) ले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २९ औँ वार्षिक साधारण सभा बोलाएको छ।

बोटलर्स नेपाल (तराई) (BNT) ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १२ बजे शुरु हुनेछ। सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, मन्दाकिनी हाइड्रोपावर (MHL) ले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सिंगटी हाइड्रो (SHEL) ले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।