Ipo.aspx merolagani - बालेनले सामाजिक सञ्जालमा लेख्छन्,-‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्नु उपयुक्त हुन्छ’

बालेनले सामाजिक सञ्जालमा लेख्छन्,-‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्नु उपयुक्त हुन्छ’

Feb 05, 2024 12:06 PM Merolagani

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दुई वर्षअघि नै उद्घाटन भएको धरहरा अझै निर्माणाधिन रहेकोमा प्रश्न गरेका छन ।

आज बिहान सामाजिक सञ्जालमा लेख्दै दुई वर्ष ९ महिना २० दिनअघि नै तत्कालिन प्रधानमन्त्रीबाट उद्घाटन भएको सेतो टावरमा धरहरा निर्माण हुँदै गरेकाले पार्किंग बन्द गर्नुपर्ने पत्र आएको बताएका हुन् ।

बालेनले सञ्जालमा स्टाटस मार्फत भन्छन, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

त्यसैगरी तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्तो प्रवृत्तिलाई भ्रष्टाचारको संज्ञा दिएका छन् । बालेनले राष्ट्रिय नीति बनाउन संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले निर्माण पुरा नहुँदै उद्घाटन गर्नु भ्रष्टाचार भएको नीति पारित गर्न जरुरी भएको बताए ।

 सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न पनि आग्रह गरेका छन । साथै धरहराको भुईतलामा सुरु भएको पार्किंग बन्द नहुने र महानगरको पहलमा अहिलेका लागि निशुल्क सञ्चालन हुने र थप व्यवस्थापन गर्दै लैजाने बताएका छन । धरहराको पार्किंगमा ठेक्का लगाएर नेपाल सरकारको सम्पत्ति माथि रजाइ गर्ने मनसाय देखिएका कारण महानगरमा आफू रहुन्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने समेत बताएका हुन ।

comments powered by Disqus

आइपीओ नै जारी नगर्दै संस्थापक शेयर बिक्री गरिँदै, मुलुकको प्रतिष्ठित समूहले गलत बाटो किन रोज्यो ?

Feb 01, 2024 06:18 AM

नेपाल धितोपत्र बोर्डले ‘गोल्डम्यान इन्भेस्टमेन्ट लिमिटेड’को बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध गर्‍यो।