Ipo.aspx merolagani - सूर्योदय वोमी लघुवित्तको बोनस घोषणा

सूर्योदय वोमी लघुवित्तको बोनस घोषणा

Feb 04, 2024 10:32 AM Merolagani

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

लघुवित्त हाल एफपीओ निष्काशनको प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजभन्दा अगावै उक्त शेयर समायोजन भएमा समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित बोनस शेयर वितरण गरिने लघुवित्तले बताएको छ। 

comments powered by Disqus

बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

Jan 31, 2024 05:26 PM

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।