Ipo.aspx merolagani - सानिमा जिआईसीले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने, बोलायो साधारण सभा

सानिमा जिआईसीले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने, बोलायो साधारण सभा

Mar 15, 2024 07:22 AM Merolagani

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड (SGIC) ले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न इन्स्योरेन्सले छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभा चैत २९ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हकप्रद शेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

सर्वोत्तम सिमेन्टको शेयर दोस्रो बजारमा सूचीकृत

Mar 18, 2024 05:21 PM

बुकबिल्डिङ मार्फत सर्वसाधारणलाई शेयर जारी गरेको सर्वोत्तम सिमेन्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार सर्वोत्तम सिमेन्टको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।