Ipo.aspx merolagani - लाभांश वितरण र एफपीओ निष्काशनको प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले बोलायो साधारण सभा

लाभांश वितरण र एफपीओ निष्काशनको प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले बोलायो साधारण सभा

Mar 03, 2024 06:29 AM Merolagani

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव र एफपीओ निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले चैत १६ गते, शुक्रबार, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

आपुर्ति कम हुने हुँदा सर्वाेत्तम सिमेन्टकाे मूल्य कति सम्म पुग्ला ?

Mar 11, 2024 06:15 AM

सर्वोत्तम सिमेन्टकाे सर्वसाधारणलाई निष्काशन गरेको शेयर गत शुक्रबार मात्रै बाँडफाँट भयो । सर्वोत्तम सिमेन्ट नेप्सेमा सूचीकरण भएपछि नेप्सेमा सिमेन्ट कम्पनीको संख्या ४ पुग्नेछ । हाल नेप्सेमा शिवम सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनरल्स गरी तीन वटा कम्पनी सूचीकृत छन् । अहिले सूचीकृत तीनै वटा कम्पनीहरु प्रिमियममा आइपीओ निष्काशन भएको थियो भने सर्वोत्तम सिमेन्ट भने बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन भएको हो ।