Ipo.aspx merolagani - लाभांश प्रस्ताव सहित ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

लाभांश प्रस्ताव सहित ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

Mar 10, 2024 10:28 AM Merolagani

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित चैत २७ गते दशौँ तथा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

आपुर्ति कम हुने हुँदा सर्वाेत्तम सिमेन्टकाे मूल्य कति सम्म पुग्ला ?

Mar 11, 2024 06:15 AM

सर्वोत्तम सिमेन्टकाे सर्वसाधारणलाई निष्काशन गरेको शेयर गत शुक्रबार मात्रै बाँडफाँट भयो । सर्वोत्तम सिमेन्ट नेप्सेमा सूचीकरण भएपछि नेप्सेमा सिमेन्ट कम्पनीको संख्या ४ पुग्नेछ । हाल नेप्सेमा शिवम सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनरल्स गरी तीन वटा कम्पनी सूचीकृत छन् । अहिले सूचीकृत तीनै वटा कम्पनीहरु प्रिमियममा आइपीओ निष्काशन भएको थियो भने सर्वोत्तम सिमेन्ट भने बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन भएको हो ।