Ipo.aspx merolagani - बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारण सभा, बुकक्लोज कहिले?

बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारण सभा, बुकक्लोज कहिले?

Mar 14, 2024 08:53 AM Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (STC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले चैत २३ गते, शुक्रबार, त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकालि, काठमाडौँमा ५७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले ऋण सुविधा लिने, लेखापरीक्ष नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

आपुर्ति कम हुने हुँदा सर्वाेत्तम सिमेन्टकाे मूल्य कति सम्म पुग्ला ?

Mar 11, 2024 06:15 AM

सर्वोत्तम सिमेन्टकाे सर्वसाधारणलाई निष्काशन गरेको शेयर गत शुक्रबार मात्रै बाँडफाँट भयो । सर्वोत्तम सिमेन्ट नेप्सेमा सूचीकरण भएपछि नेप्सेमा सिमेन्ट कम्पनीको संख्या ४ पुग्नेछ । हाल नेप्सेमा शिवम सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनरल्स गरी तीन वटा कम्पनी सूचीकृत छन् । अहिले सूचीकृत तीनै वटा कम्पनीहरु प्रिमियममा आइपीओ निष्काशन भएको थियो भने सर्वोत्तम सिमेन्ट भने बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन भएको हो ।